ब्रेकिङ न्युज

दुर्घटनाको छानविन गर्न तत्काल आयोग गठन हुन्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति: March 12, 2018 5:52 pm

फागुन २८, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिएका छन् ।

दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुग्नुभएका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने जानकारी दिए ।

उनले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताए । घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गरे ।

उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै उनले घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उनी मुलुक बाहिर रहेकाले सम्पर्क हुन नसकेको पनि बताए ।

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......