ब्रेकिङ न्युज

बन्द विमानस्थल खुला, प्रधानमन्त्री पुगे अस्पताल

प्रकाशित मिति: March 12, 2018 6:04 pm

फागुन २८, काठमाडौँ – युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण आज बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
आज अपराह्न १४.१८ बजेदेखि बन्द भएको विमानस्थल १६.५० देखि खुलेको हो नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए । काठमाडौँमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो । विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन् । ढाकाबाट काठमाडौँ आउँदै आएको बिएस २११ ‘कल साइन’ भएको उक्त विमानमा चालक दलका चार सदस्यसहित ६७ यात्रु सवार थिए ।

प्रधानमन्त्री अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा केएमसी अस्पताल सिनामङ्गल पुगी विमान दुर्घटनामा परी घाइते भएका यात्रुको अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

सम्बन्धित शीर्षकहरु

बलात्कारीलाई फाँसीको माग गर्दै पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन

भदौ, काठमाडौं । बलात्कारीलाई कडा सजायँको माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले पेटीकोट लगाएर......

प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

भदौ २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश......