ब्रेकिङ न्युज

‘ओ मेगा इन्टरटेनमेन्ट’ ले ‘नेपाल्स मेघा सिनेस्टार’ नामक रियालिटी शो गर्ने

प्रकाशित मिति: March 12, 2018 7:40 pm

काठमाडौँ – पछिल्लो समय नेपाली टेलिभिजनहरुले पनि रियालिटि शो लाई महत्व दिंदै आईरहेका छन् । नेपाली मनोरञ्जन क्षेत्रमा थुप्रै रियालिटी शोहरु भैरहेको बेलामा अर्को एउटा फरक खालको ‘रियालिटी शो’ हुने भएको छ । ‘ओ मेगा इन्टरटेनमेन्ट’ ‘नेपाल्स मेघा सिनेस्टार’ नामक रियालिटी शो गर्ने भएको छ ।

सोमबार राजधानीको मल्ल होटलमा एक भब्य कार्यकमका बीच उक्त रियालिटी शो को औपचारिक घोषणा गरिएको छ ।कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकास अधिकारी,नेपाल चलचित्र प्रविधिक संघका अध्यक्ष पुस्कर लामा,नेपाल चलचित्र संघका पदाधीकारी गोपालकाजी कायस्थ,चलचित्रकर्मीहरु सरोज खनाल र यादब खरेलको उपस्थिती रहेको थियो ।

उक्त रियालिटी शो मा भाग लीनेले अभिनय गर्नु पर्ने छ । कार्यक्रममा चर्चित गीतकार तथा निर्देशक यादब खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले छरिएर रहेका प्रतिभाहरुलाई यो ‘रियालिटी शो’ ले अबसर दिनेमा आफु बिस्वस्त रहेको बताएका थिए ।उनले ‘ओ मेगा इन्टरटेनमेन्ट’ ले राम्रो शो गर्न लागेकोले बधाई तथा शुभकामना पनि प्रदान गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख मैथुन गराउँदै आएको अभियोगमा प्रधानाध्यापक थुनामा

भदौ २, काठमाडौं । आफँैले अध्यापन गराउने बालिकामार्थि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका......

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......