ब्रेकिङ न्युज

स्काभेटर लिएर आउँदै गरेको ट्रक दुर्घटना, दुई कर्मचारीको मृत्यु

प्रकाशित मिति: March 13, 2018 2:31 pm

फागुन २९, धनकुटा – धरानबाट स्काभेटर लिएर धनकुटा आउँदै गरेको ट्रक दुर्घटनामा परेर मंगलबार दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

साँगुरीगढी गाउँपालिका–९ कोशी राजमार्गस्थित घण्टेमा ना५ख १९३६ नंं को ट्रक सडकमा पल्टिँदा सडक विभागका दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए ।

मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका– ७ का रामजीत राई र सोही ठाउँका कावीरबहादुर राई रहेका छन् । ट्रक चालक रामेछाप मन्थली नगरपालिका– ७ का ४५ वर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका २० वर्षीय समन तामाङ, बागमती गाउँपालिकाका राजेश घिमिरे र घादिङका रमेश भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif