ब्रेकिङ न्युज

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

प्रकाशित मिति: March 13, 2018 5:56 pm

फागुन २९, काठमाडौँ – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी छन् ।

उनले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी थिइन् ।

उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।

संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......