ब्रेकिङ न्युज

विश्वले गुमायो सबैभन्दा ठुला बैज्ञानिक

प्रकाशित मिति: March 14, 2018 12:26 pm

काठमाडौँ – प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ।

ब्रिटेनका नागरिक हकिङले “ब्ल्याक् होल्” र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए।

उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध पुस्तकहरू लेखेका छन्। तीमध्ये “अ ब्रीफ् हिस्ट्री आफ् टाइम्” निकै नै चर्चित छ।

“हाम्रा प्यारा बुवा आज बित्नु भएकाले हामी धेरै दुःखी छौँ,” उनको छोराछोरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

दुर्लभ
२२ वर्षको हुँदा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी दुर्लभ रोग लागेको पत्ता लागेपछि चिकित्सकहरूले हकिङ धेरै वर्ष नबाँच्ने बताएका थिए।

त्यो रोगले उनलाई ह्वील्चेअरमा सीमित गरिदियो र उनी एउटा विशेष खाले यन्त्रको सहायताले मात्र बोल्न सक्थे।

उनका तीन छोराछोरी लुसी, रबर्ट र टिमले विज्ञप्तिमा भनेका छन्, “उहाँ महान् वैज्ञानिक र असाधारण व्यक्ति हुनुहुन्थ्यो जसको काम र विरासत धेरै समयसम्म जिउँदो रहनेछ।”
उनीहरूले आफ्ना पिताको “साहस र दृढता”को प्रशंसा गर्दै उनको “प्रतिभा र हास्यकला”ले विश्वभरि मानिसहरूलाई उत्प्रेरित गरिराख्ने विश्वास व्यक्त गरेका छन्।

“वहाँले एकचोटि भन्नुभएको थियो – “यदि तिमीले माया गर्ने मानिसहरूको घर नभएको भए यो त्यस्तो विशेष ब्रह्माण्ड हुने थिएन”। हामीले वहाँलाई सधैँका लागि गुमाएका छौँ।”

को थिए हकिङ ?
– जन्मः अक्सफोर्ड, इङ्ल्यान्डमा सन् १९४२, ज्यानुअरी ६
– सन् १९५९ मा नेचुरल साइन्स अध्ययन गर्न अक्सफोर्ड विश्वविद्यालय प्रवेश। पछि क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि
– सन् १९६३ मा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी रोग लागेको निदान भएपछि जम्मा दुई वर्ष मात्र आयु बाँकी रहेको बताइएको
– सन् १९७४ मा “ब्ल्याक् होल्” बाट “हकिङ विकिरण” निस्किने सिद्धान्तको प्रतिपादन
– सन् १९८८ मा “अ ब्रीफ् हिस्ट्री अफ् टाइम्” प्रकाशित। यो पुस्तकको एक करोडभन्दा बढी प्रति बिकिसकेको छ।
– सन् २०१४ मा उनको जीवनकथामा आधारित चलचित्र “द थिअरी अफ् एभ्रिथिङ्” को निर्माण
 बिबिसी नेपालीबाट

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......