नबोदित कलेजले जित्यो कलेज स्तरीय फुटसल प्रतियोगिता

प्रकाशित मिति: March 25, 2018 10:08 am

काठमाडौँ – राइट्स एण्ड एसोसियट्स शैक्षिक परामर्श दाता कन्सल्टेन्सीको आयोजनामा भएको कलेज स्तरीय फुटसल प्रतियोगितामा नबोदित कलेज बिजेता बनेको छ । शनिबार भएको फाइनल खेलमा नबोदित कलेजले जेभियर कलेजलार्इ पराजित गर्दै नगद ३५००० मेडल र ट्रफी जितेको हो । उप बिजेता जेभियर कलेजले नगद २११०० मदर र ट्रफी जितेको छ । बिजेता र उप बिजेता टिमलाइ प्रमुख अतिथि चलचित्र निर्देशक तथा संचारकर्मी,अतिथि प्रशान्ति एकेडेमी स्कुलका प्रिन्सिपल समिर समिर बास्तोलाले प्रदान गरेका थिए फुटसलमा युवा बर्गको आकर्षण बृद्दी भई रहेको तर स्तरीय प्रतियोगिताको अभाबलाइ ध्यानमा राखेर युवा बिद्यार्थीहरुलाइ फुटसल तर्फ ध्यान आकर्षित गर्नको लागि राइट्स एण्ड एसोसियट्सले उक्त प्रतियोगिता गरेको हो। टुर्नामेन्टमा २२ वटा कलेज सहभागी भएका थिए ।

शनिबार बिहान भएको खेल उद्घाटन कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजाल र अतिथि एन्फा फुटसल संघका अध्यक्ष रमेश रायमाझी तथा आँखा बिसेषज्ञ तथा प्रशान्ति एकेडेमी स्कुलका निर्देशक पृथ्वी रमण थपलियाले खेलको शुभारम्भ गरेका थिए। राइट्स एण्ड एसोसियट्स शैक्षिक परामर्श दाता कन्सल्टेन्सीले आयोजना गरेको प्रतियोगिताको सह प्रायोजक हरु नेक्स्ट नेपाल आइटी सोलुसन,प्रशान्ति एकेडेमी स्कुल,मेनीक्विन क्लथिङ्ग स्टोर,दी अर्डर मार्क टेलरिंग र शिब शक्ति गार्मेन्टस रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

अझै सनाखत भएन भूकम्पमा ज्यान गुमाएका ३१ को शव

वैशाख १२, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको......

परराष्ट्रका आधा दर्जन अधिकारीलाई कारबाही सिफारिस

वैशाख १२, काठमाडौँ – बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन......

Displaying hari-om.gif