गीतकार अमर बान्तुको ‘परिभाषाका राँटाहरु’ र ‘अमर भावना’ सार्वजनिक

प्रकाशित मिति: March 25, 2018 5:52 pm

काठमाडौँ – कवि तथा गीतकार अमर बान्तुको कवितासङ्ग्रह परिभाषका राँटाहरु र गीति एल्वम अमर भावना एकसाथ बिमोचन भएको छ । बान्तुका ४४ वटा गीतहरु र १२ वटा कविता सङ्ग्रहित पुस्तक परिभाषाका राँटाहरु र १२ वटा गीतहरु सङ्ग्रहित एल्वम अमर भावना शनिवार राजधानिको लाजिम्पाट स्थित होलट शंकरमा भब्य कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको हो ।

एल्वममा फूल जस्तै, जिन्दगीका दौडमा, फक्रदै रहरहरु, युगौं भयो, जन्मने रहर, हिड्नु पर्ने, भोजपुरैको बजार, आमा, यति धेरै, ओठमा आईलगायतका १२ वटा गीतहरु रहेका छन् जसमा राजु सिंह, न्यु बज्राचार्य, शान्तिराम राई, राज सागर, पारस मुकारुङ र मनोज थापाको सङ्गीतमा अन्जु पन्त, एड्रिन प्रधान, उदय सोताङ, राजेस पायल राई, राज सागर, स्वरुपचाज आचार्य, बानिका प्रधान लगायतको आवाज रहेको छ ।

बरिष्ठ साहित्यकार तथा गायक गणेश रसिकको प्रमुख आतिथ्यमा सम्पन्न कृति बिमोचन समारोहमा एल्बम भित्रका गीतहरुको लाईभ प्रस्तुती गरिएको थियो भने ४ वटा म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । राज सागर र भिषण मुकारुङ्को लाइभ प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।

अग्रज तथा युवा पुस्ताका चर्चित सङ्गीतकर्मीको बाक्लो उपस्थिती रहेको कार्यक्रममा बिशिष्ट अतिथकिा रुपमा डा. भोला रिजाल, कालि प्रसाद रिजाल, पूर्व मन्त्री तथा गीतकार एस पी कोईराला, श्रवण मुकारुङ, सत्य स्वरुप आचार्यलगायतले एल्वम र पुस्तक दुवै राम्रो बनेको प्रतिकृया दिएका थिए । सञ्चारकर्मी हेम सुवेदीले सञ्चालन गरेको कार्यक्रम ३ चरणमा बिभाजीत गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

अझै सनाखत भएन भूकम्पमा ज्यान गुमाएका ३१ को शव

वैशाख १२, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको......

परराष्ट्रका आधा दर्जन अधिकारीलाई कारबाही सिफारिस

वैशाख १२, काठमाडौँ – बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन......

Displaying hari-om.gif