ब्रेकिङ न्युज

कक्षा १० को अन्तिम परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

प्रकाशित मिति: March 31, 2018 8:59 pm

चैत १७, भक्तपुर – कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा शनिबार सम्पन्न भएको छ ।

यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख ८५ हजार ५८६ परीक्षार्थीले परीक्षा दिएको उनले जानकारी दिए । प्राविधिक धारतर्फको परीक्षा भने यही चैत २० गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षामा अनियमितता गर्ने दुईजना केन्द्राध्यक्षलाई निष्कासन गरिएको र चारजना निरीक्षकलाई कारबाही गरिएकोबाहेक परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको नियन्त्रक रेग्मीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......