अभिभावक दिवस २०७४ सम्पन्न

प्रकाशित मिति: April 9, 2018 8:41 am

काठमाडौँ – बालुवाटारस्थित हिमाल एकेडेमी माध्यामिक विद्यालयले छैठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७४ चैत २४ गते शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ । अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूद्वारा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक डाक्टर शेखर गुरुङको प्रमुख आतिथ्यमा विद्यालयद्वारा आयोजित उक्त कार्यक्रमम विभिन्न कक्षामा सर्वोत्कृष्ट, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई पुरस्कार तथा खेलकुद सप्ताहमा सञ्चालित विभिन्न खेलहरूमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई मेडल एवम् प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै अतिथि प्राध्यापक शेखर गुरुङले विद्यालयले शैक्षिक तथा अतिरिक्त कृयाकलापमा समेत निर्वाह गरेको भूमिका उल्लेखनीय भएको बताउनुभयो । सञ्चालक अध्यक्ष नेत्र विष्ट, संस्थापक प्रधानाध्यापक कुवेर कटुवाल, र अन्य सञ्चालकहरूले आगामी योजना र रणनीतिहरूबारे प्रष्ट पार्दै विद्यालय गुणस्तरीय शिक्षाप्रति सधै प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु

अझै सनाखत भएन भूकम्पमा ज्यान गुमाएका ३१ को शव

वैशाख १२, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको......

परराष्ट्रका आधा दर्जन अधिकारीलाई कारबाही सिफारिस

वैशाख १२, काठमाडौँ – बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन......

Displaying hari-om.gif