ब्रेकिङ न्युज

घरेलु काममा खटाइएका प्रहरी सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

प्रकाशित मिति: April 14, 2018 9:38 am

वैशाख १, काठमाडौं – गृह मन्त्रालयले घरेलु कामदारका रूपमा खटाएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रहरीका उच्च अधिकारी, सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री तथा विशिष्ट व्यक्तिले ‘सुरक्षा थ्रेट’को कारण देखाउँदै प्रहरी कर्मचारी लिएर घरेलु काममा प्रयोग गरेको पाइएपछि गृहले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दुरुपयोग गरिएका कर्मचारी सात दिनभित्र फिर्ता गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको बताए ।

गृहका अनुसार झन्डै ६ हजार प्रहरी कर्मचारी घरेलु काममा लगाइएका छन् । निर्वाचनका वेला प्रहरीले कुल दरबन्दी ७२ हजार सात सय ३३ मध्ये ६७ हजारको सूची मात्रै पेस गरेपछि गृह पाँच हजार सात सय ३३ प्रहरीको खोजीमा लागेको थियो ।

सम्बन्धित शीर्षकहरु

भूकम्पपीडित भन्छन् ‘५० हजार घर भत्काउँदै सकियो, अब घर कसरी बनाउँ’

असोज १०, भक्तपुर – लाभग्राही सूचीमा परेर पहिलो किस्तास्वरुप रु ५० हजार पाएका भूकम्पपीडितले उक्त रकम घर......

१० वर्षिया बालिका श्रीयाको बलात्कार गरेर हत्या गर्ने व्यक्ति यिनै हुन्, आफैँले स्विकारे हत्या गरेको

काठमाडौँ – पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै......