यम सरगमको “बिहानी को” म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति: April 15, 2018 9:25 pm

काठमाडौँ – नयाँ बर्षको सुरुवातसँगै गायक यम सरगमले आफ्ना दर्शक तथा श्रोताका लागी नयाँ बर्षको उपहार स्वरुप आफ्नो नयाँ गीत “बिहानी को” सार्वजनिक गरेका छन ।

लामो समय अगाडी देखी नेपाली संगीतको क्षेत्रमा कृयासिल यम सरगमले पछिल्लो समय प्रनिता चाम्लिङको शब्दमा दिनेश सुब्बाको संगीत रहेको उक्त गीत लिएर दर्शक श्रोता माझ आएका हुन । रिमा विश्वकर्मा, रस्मी भट्ट र अनिल थापाको अभिनय रहेको भिडियोको छायाङ्कन उत्सब दाहालले गरेका हुन । भिडियोमा आफ्नो श्रीमान बिदेशमा हुँदा घरमा सासु तथा आग्रजले गर्ने नराम्रो व्यबहारले पिरोलिएकी एक बुहारीको कथा समेटिएको छ । नायक/निर्देशक सोनाम पाख्रिनको निर्देशन् रहेको उक्त भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन ।

सम्बन्धित शीर्षकहरु

अझै सनाखत भएन भूकम्पमा ज्यान गुमाएका ३१ को शव

वैशाख १२, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको......

परराष्ट्रका आधा दर्जन अधिकारीलाई कारबाही सिफारिस

वैशाख १२, काठमाडौँ – बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन......

Displaying hari-om.gif