ब्रेकिङ न्युज

‘ह्याप्पी डेज’ को ट्रेलर सार्वजनिक (भिडियो)

प्रकाशित मिति: April 16, 2018 11:42 am

काठमाडौँ – बैशाख १४ गतेदेखि देशभर प्रर्दशन हुन लागेको चलचित्र ‘ह्याप्पी डेज’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पहिलोभन्दा दोस्रो ट्रेलर केही आकर्षक बनाइएको छ ।

ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । दोस्रो ट्रेलरमा नयाँ दृश्यहरु पनि थापिएको छ । यसमा दयाहाङ राईको दुईतर्फी प्रेम देखाइएको छ । अभिनेत्री दीया पुन र प्रियंका कार्कीको प्रेममा उनी दिवाना भएका छन् । मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको पनि अभिनय छ ।

‘ह्याप्पी डेज’ लाई रामकुमार केसीले खिचेका हुन् । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन लन्डन, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

मुद्दा हारेपछि न्यायाधीशमाथि नै नूरप्रसादले गरे हातपात

असोज ९, काठमाडौं – नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै......

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : खतिवडा अर्थमन्त्री

बुटवल, ८ असोज – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि......