आमा भन्दै रोए–करांए छट्पट्टीए घरि–घरि आमा

प्रकाशित मिति: April 16, 2018 6:33 pm

काठमाडौँ – आमा बुवा भनेको जिउँदो भगवानको प्रतिमुर्ति हुन् । मन्दिर धाउनु भन्दा जिउँदो भगवानलाई पूजा गर्दा चाहिं उचित हुन्छ । आमा बुवाको ममताको वर्णन शब्दद्वारा गर्नै सकिन्न। असल बाटोमा हिंड्न अभिप्रेरित गर्न सक्ने पहिलो व्यक्ति आमा नै हुन् ।

यहि कुरालाई स्मरण गर्दै आमाको मुख हेर्ने दिनको अबसर पारेर गायक लेखु सहयात्रीले ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।
गायक सहयात्रीको स्वर तथा राजन खतिवडाको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका छन् ।

गीतमा मिक्सिङ श्यामस्वेत रसाईलीले गरेका छन् । अर्जुन अधिकारीको निर्देशनमा बनेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ । गायकले आफ्नै रियल कथामा गीत तयार पारेको बताएका छन् । गीतको भिडियोमा सुशआन्त खत्री फिचर छन् ।

सम्बन्धित शीर्षकहरु

अझै सनाखत भएन भूकम्पमा ज्यान गुमाएका ३१ को शव

वैशाख १२, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको......

परराष्ट्रका आधा दर्जन अधिकारीलाई कारबाही सिफारिस

वैशाख १२, काठमाडौँ – बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन......

Displaying hari-om.gif