के तपाई ट्रायल फेल भएर हैरान हुनभएको छ ? ध्यान दिनुहोस् यी कुरामा…

प्रकाशित मिति: April 30, 2018 11:40 am

काठमाडौं – उपत्यकाका सबैजसो यातायात कार्यालयमा मोटरसाइकल तथा स्कुटरको ट्रायल दिनेहरुको लाइन लाग्ने गरेको छ । घण्टौं लाइनमा बसेर ट्रायल परीक्षाका लागि फर्म भरेकाहरु सानो गल्तीका कारण ट्रायलमा फेल हुँदै आएका छन् ।

स–साना कमजोरीलाई ध्यान दिने हो भने ट्रायल सजिलैसँग पास गर्न सकिन्छ ।

ध्यान दिनुपर्ने कुराहरु
आत्मबल – ट्रायल परीक्षा दिन लागेका परीक्षार्थी डराउनु हुँदैन, आत्तिनु हुँदैन । आत्मबल उच्च बनाउनु पर्छ । ट्रायल परीक्षा दिनुभन्दा पहिला सिक्ने क्रममा सजिलै पास गर्नेहरु ट्रायलमा फेल हुने गरेका छन् । कमजोर आत्मबलका कारण नै फेल हुने गरेको हो । त्यसकारण आत्मबल उच्च राख्नुहोस् । ढुक्कसँग ट्रायल दिनुहोस् ।

हेल्मेट तथा स्ट्याण्ड – ट्रायलमा फेल हुनुको अर्को सामान्य तर धेरैले ध्यान नदिएको कुरा हेल्मेट हो । तपाई हेल्मेट लगाउनुहुन्छ तर हेल्मेटको फित्ता लगाउन बिर्सनुभयो सबै कुरा पास गरे पनि तपाई फेल हुनुहुन्छ । त्यसैले हेल्मेट लगाउने बित्तिकै फित्ता पनि लगाउनुहोस् ।

मोटरसाइकल तथा स्कुटरको स्ट्याण्ड लगाउन विर्र्सनु भयो भने पनि तपाई ट्रायल परीक्षामा फेल हुनुहुन्छ । त्यसकारण ट्रायलको ‘एट’ (8) फिगरमा प्रवेश गर्नुभन्दा पहिला यी दुबै कुरामा ध्यान दिनुहोस् ।

एट (8) फिगर सम्बन्धी ध्यान दिनुपर्ने कुराहरु

ट्रायलको पहिलो सुरुवात नै एट (8) फिगरबाट हुन्छ । एट (8) फिगरमा छिर्दा तपाईलाई सहज लागेको दाँया, बाँया जताबाट पनि छिर्न पाइन्छ । आफूलाई सजिलो लाग्नेतर्फबाट छिर्नुहोस् ।
मोटरसाइकल तथा स्कुटर स्र्टाट गरेर एट (8) फिगरभित्र छिरिसकेपछि पँहेलो रेखा छुन, खुट्टा टेक्न र स्र्टाट बन्द गर्नु हुँदैन ।

एकपटक एट (8) फिगर पूरा गरिसकेपछि पुनः आधा एट (8) गर्नुपर्छ ।

ट्राफिक बत्तीसम्बन्धी नियमहरु

एट (8) फिगर कटाएपछि अगाडि जेब्राक्रस आउँछ । जेब्राक्रसमा जानुभन्दा अघि ट्राफिक बत्ती हेर्नुपर्छ । रातो र पँहेलो बत्ती बलेमा जेब्राक्रसमलाई नछोई रोक्नुपर्छ ।
हरियो बत्ती बलेमा नरोकी अघि बढ्नुपर्छ ।
जेब्राक्रसमा गइसकेपछि जुनसुकै बत्ती बलेपनि रोक्किनु पर्दैन ।

साइड लाइटसम्बन्धी नियमहरु

एबिलप (फलेक आकार जस्तो डाँडी) को अन्तिममा पुगेर तथा यु टर्नमा छिर्नुभन्दा अगाडि कता मोडिने हो त्यहीतर्फको साइड लाइट बाल्नुपर्छ ।
यु टर्न सकिनासाथ स्पीड ब्रेकरमा छुनुभन्दा अगाडि साइड लाइट अफ गरिसक्नुपर्छ ।
साइड लाइट बाल्न वा बन्द गर्न बिर्सिएमा, ढिलो बन्द गरेमा, विपरित दिशाको साइड लाइट बलेमा, झुक्किएर हर्न बजेमा ट्रायल फेल हुन्छ ।

यु टर्न सम्बन्धी नियमहरु

यु टर्नको पँहेलो धर्का छुन, खुट्टा टेक्न हुँदैन ।

उकालो सम्बन्धी नियमहरु

उकालोमा दुबै धर्काहरु नछोई स्टप (stop) लेखेको ठाउँमा रोक्नुपर्छ ।
ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्रै अघि बढ्ने ।
अगाडि बढ्दा मोटरसाइकल तथा स्कुटर पछाडि सरी पँहेलो धर्का छुनु नुहने ।
उकालोमा रोक्दा दुबै खुट्टा तल राख्न पाइने छ । तर आफूलाई सहज लाग्छ भनेसकेसम्म एउटा खुट्टाले मात्र भुइमा टेक्ने ।
क्लच र एक्सिलेटरबाट हात नहटाउने, स्र्टाट बन्द नगर्ने ।
अगाडि बढाउँदा खुट्टा नघिसारी अगाडि बढाउने ।

ओरालो सम्बन्धी नियमहरु

ओरालोमा रोक्दा अगाडीको धर्का नछोइ रोक्ने तर (stop) लेखिएको भागलाई भने छुवाउनु पर्छ ।
ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्र अगाडि बढ्ने ।
ओरालोमा रोक्दा दुबै खुट्टा तल राख्न पाइने छ । तर आफूलाई सहज लाग्छ भनेसकेसम्म एउटा खुट्टाले मात्र भुइमा टेक्ने ।
रोक्दा पडाडिको चक्का नचिप्लिने गरी नियन्त्रित भएर रोक्नुपर्छ ।

यी सबै कुरा पास गरेपछि तपाई लाइसेन्स लिन योग्य हुनुहुन्छ ।

सम्बन्धित शीर्षकहरु

संसद्को अर्को बैठक भोलि बिहान १० बजे

जेठ ९, काठमाडौँ – संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ......

काभ्रेमा टिपरको ठक्करबाट घटनास्थलमै तीनको मृत्यु

जेठ ९, भक्तपुर – काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको......

Displaying hari-om.gif