ब्रेकिङ न्युज

भारतीय प्रधानमन्त्री मोदीले चुनावी सभालाई सम्बोधन गर्दै

प्रकाशित मिति: May 1, 2018 4:24 pm

बैशाख १८, नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतको दक्षिणपश्चिम राज्य कर्नाटकमा निर्वाचन अभियानको सुरुवात गर्नुहुने कार्यक्रम छ ।

कर्नाटकमा हुने चुनावी सभालाई उनले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् ।

विधान सभाको निर्वाचन यही मे महिनाको १२ मा हुने बताइएको छ । भारतीय जनता पार्टी (बिजेपी) का अधिकारहरुका अनुसार मोदीले मङ्गलबार सो राज्यमा मङ्गलबार आयोजना गरिएका तीन वटा चुनावी सभालाई सम्बोधन गर्नहुने भएको छ ।

राज्य सभाको लागि हुन गइरहेको सो निर्वाचनमा २१९ जना महिलासहित २ हजार ६५५ उम्मेदवार प्रतिश्पर्धामा रहेका छन् ।
सो निर्वाचनबाट २२४ जना राज्य सभाका सांसदहरु निर्वाचित हुने बताइएको छ । मोदीले कर्नाटकमा मे ८ सम्ममा एक दर्जन भन्दा बढी चुनावी सभालाई सम्बोधन गर्नुहुने पनि बताइएको प्रापत समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री मोदीले पनि कर्नाटकको आफ्नो भ्रमणअघि गर्नुभएको ट्वीटमा कर्नाटकमा मङ्गलबार गरिने तीन वटा चुनावी सभाको सम्बोधन आफूलाई प्रतिक्षाको विषय रहेको लेख्नुभएको छ ।

ती सभाहरुलाई भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पनि सो राज्यमा हुन गइरहेका चुनावी सभालाई सम्बोधन गर्न लाग्नुभएको उक्त समाचारमा जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......