मोबाइल धेरै चलाउनुहुन्छ ? ध्यान दिनुस् यी कुराहरुमा

प्रकाशित मिति: May 4, 2018 3:14 pm

मोबाइल मानिसका लागि अत्यावश्यक बनिसकेको छ । यो जीवनकै महत्वपूर्ण हिस्सा बन्न पुगेको छ । तर, यसको प्रयोगमा भने सजगता अपनाउनुपर्ने देखिएको छ । यसबाट निस्कने रेडिएसन मानिसका लागि निकै खतरनाक हुने प्रमाणित भएको छ । मोबाइलको बढी प्रयोगले कन्फ्युजन बढ्नुका साथै निर्णय लिने क्षमतामा समस्या पर्ने रिपोर्ट सार्वजनिक भएको छ । ब्रिटेन, अमेरिका र स्विडेनमा भएको एक अध्ययनले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । यी हुन् मोबाइलका साइड इफेक्ट स्

सीधा असर दिमागमा

अनुसन्धानका अनुसार मोबाइल रेडिएसनको सीधा असर स्मरणशक्तिमा पर्न जान्छ । जसले सर्ट टर्म मेमोरी लसको समस्या निम्त्याउने गर्छ । फोनबाट निस्कने सिग्नलले दिमागको यस्तो भागलाई प्रभावित पार्छ, जसको सम्बन्ध मेमोरी र सिकाइसँग हुन्छ ।

यदि बच्चाले मोबाइल या यस्तो प्रकृतिको डिभाइसको बढी प्रयोग गरेमा उसको सिक्ने क्षमतामा कमी आउन थाल्छ ।

अध्ययन टोलीका प्रमुख प्रोफेसर बेङ्ग्ट अर्नेट्सका अनुसार मोबाइलको रेडिएसनले मानिसको निर्णय गर्ने क्षमतामा ह्रास ल्याउने काम गर्छ । यसकै कारण मोबाइल कम्पनीहरू पनि रेडिएसन कम गर्ने प्रयासमा जुटेका छन् ।

पिम्पल्स या खटिरा

प्रयोगमा आएका सबै मोबाइल फोनमा अत्यधिक धुलो र फोहोर हुन्छ, जुन ब्याक्टेरिया प्रजननका लागि सुरक्षित ठाउँ बन्छ । त्यसैले प्रत्येक समय मोबाइलमा कुरा गर्दा या आफ्नो कानसम्म मोबाइल लैजाँदा यस्ता फोहोर र ब्याक्टेरिया छालामा सर्ने गर्छ ।

यसले अनुहारमा दाग र कालो धब्बाको समस्या ल्याउने गर्छ । त्यसैले मोबाइलको प्रयोगपछि अनुहार पुछ्दा वा सफा गर्दा राम्रो हुन्छ ।

गर्दनको समस्या

मोबाइलको अत्यधिक प्रयोगले गर्दनको चारैतर्फको छालाको लचकतामा कमी आउने गर्छ । यस्तो समस्याबाट बच्नका लागि गर्दनलाई लामो समयसम्म झुकाएर राख्नु हुँदैन । त्यस्तै, लामो समयसम्म एउटै पोजिसनमा बसेर मोबाइलको प्रयोग पनि गर्नु हुँदैन ।

जवानमै बूढोपन
लामो समयसम्म मोबाइलको स्क्रिनबाट निस्कने प्रकाशको सम्पर्कमा रहँदा छालामा ‘हाइपर पिङमेन्टेसन’ हुनुका साथै बूढोपनको समस्या पनि निम्तिन सक्छ । यसले छालालाई क्षतिग्रस्त बनाउँछ ।

त्यस्तै, यसकै कारण आँखामा रिंकल्सजस्ता समस्या पनि देखिने गर्छ । यस्तो अवस्थाबाट छुटकारा पाउन मोबाइललाई चार्ज गर्दा वा रातमा सुत्दा आफूभन्दा टाढा राख्नुपर्छ ।

सम्बन्धित शीर्षकहरु

संसद्को अर्को बैठक भोलि बिहान १० बजे

जेठ ९, काठमाडौँ – संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ......

काभ्रेमा टिपरको ठक्करबाट घटनास्थलमै तीनको मृत्यु

जेठ ९, भक्तपुर – काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको......

Displaying hari-om.gif