झडपमा १९ को मृत्यु

प्रकाशित मिति: May 12, 2018 8:59 pm

वैशाख २९, याङगुन – म्यानमारमा सरकारी सेना र विद्रोही पक्षकाबीचमा भएको झडपमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

चिनियाँ सिमाना नजिक पर्ने म्यानमारको उत्तरी सान राज्यमा शनिबार स्थानीय आदीवासीहरूको विद्रोही समूहसँग सरकारी सेनाको भीडन्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

एक जना उच्च सरकारी अधिकारीले भने, “भीडन्तमा परी कम्तीमा १९ जना मारिएका छन् भने अरु दुइ दर्जन भन्दा बढी घाइते भएका छन् ।”

लामो समयदेखि विद्रोह गरिरहेको ताङ नेशनल लिवरेशन आर्मी (टीएनएलए) सँग सरकारी सेनाको शनिबार बिहान पाँच बजेदेखि भीडन्त शुरु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

संसद्को अर्को बैठक भोलि बिहान १० बजे

जेठ ९, काठमाडौँ – संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ......

काभ्रेमा टिपरको ठक्करबाट घटनास्थलमै तीनको मृत्यु

जेठ ९, भक्तपुर – काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको......

Displaying hari-om.gif