झोलाको भारीले थिचिँदै निजी स्कुलका विद्यार्थी

प्रकाशित मिति: May 13, 2018 9:35 am

बैशाख ३०, काठमाडौं – उनीहरू सानो कक्षामा पढ्छन्, तर झोलाको ठूलो भारीले थिचिएका हुन्छन् । पीडा निजी स्कुलमा पढ्ने बालबालिकाको हो । स्कुलले धेरै पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री, कापी, खाजा अनिवार्य गरेका कारण साना नानीहरूको झोला ठूलै भारी बन्ने गरेको छ ।

सरकारले बालमैत्री विद्यालय र कक्षाकोठाको नीति अवलम्बन गरेको छ । तर, निजी विद्यालयले पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीलाई थेग्नै नसक्ने झोलाको भारी बोकाउने गरेका छन् । कापी–किताबको भारीले उनीहरूले शारीरिक र मानसिक समस्या भोगिरहेका छ ।

कतिपय विद्यार्थीले किताब, कापीको भारी बोक्न नसक्दा बस वा विद्यालयसम्म अभिभावक नै पुग्नुपरेको पनि छ । विद्यार्थीले झोला बोक्न नसकेर लगेज गुडाइरहेका दृष्य पनि देखिने गरेका छन् । तर, खाल्डाखुल्डी भएको धुलाम्मे सडकमा लगेज तान्न पनि सजिलो भने छैन । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित शीर्षकहरु

आयोजना पार्टीकरण गरियो : काङ्ग्रेस नेता महत

नारायणपुर, ३ माघ – नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन......

बस दुर्घटना अपडेट : सातको मृत्यु, ३१ घाइते, हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

गलकोट, ३ माघ – म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा......