गीत गाउनुहोस् पचास हजार जित्नुहोस्

प्रकाशित मिति: May 14, 2018 10:53 pm

‘केबीए ग्लोबल जुनी जुनी लार्इ अनलाइन कभर संगस कम्पिटिसन २०७५’ को आयोजना गरिने भएको छ ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कभर कम्पिटिसनको बारेमा जानकारी गराइयो । संगीतकार टिका दाहालको संगीत तथा बिष्णुबाबु देबकोटाको शब्द रचनामा नेपाल आइडलका टप बार्हमा पुग्न सफल गायक राहुल बिश्वाश र गायिका सन्ध्या जोशीको स्वरमा रहेको जुनी जुनी बोलको गीतको कभर कम्पिटिसन आयोजना गर्न लागिएको हो । लामो समय देखि अस्ट्रेलियामा बस्दै आएका संगीतकार टिका दाहालको संगीतमा बनेको गीत निर्माणमा अस्ट्रेलियामा नै बस्दै आएका गणेश अधिकारी र प्रकाश ढुंगानाले सहयोग गरेका छन।

पत्रकार सम्मेलनमा गीतकार बिष्णुबाबु देबकोटाले कम्पिटिसनको बारेमा जानकारी गराएका थिए । केबीए ग्लोबल एजुकेसनएण्ड माइग्रेसनका तर्फबाट ग्लोबल हेड तथा कन्ट्री मेनेजर (नेपाल) रोशन क्षेत्रिले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेका थिए । ६ बर्ष देखि एजुकेसन र माइग्रेसनको सेवा प्रदान गर्दै आएको केबीए ग्लोबलको संसारभर एघार वटा शाखा रहेका छन्।

कम्पिटिसनमा प्रथम हुनेले नगद पचास हजार र एउटा गीत रेकर्ड र दोश्रो हुनेले नगद पच्चिस हजार सहित एउटा गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्ने छन् । यो पुरस्कारको प्रायोजन केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले गरेको छ ।

कभर संगस कम्पिटिसनमा भाग लिन चाहनेले आफैंले गाएको तथा सफा देखिने गरि खिचिएको भिडियो पठाउनु पर्ने छ। प्रतियोगीले आफुले गाएको गीत जुनी जुनी लाइ फेसबुक पेजमा पठाउनु पर्ने छ । प्रतियोगीहरुले गीतलाइ एकल तथा युगल दुवै तरिकाले गाउन सक्नेछन् । यो प्रतियोगितामा सहभागिता जनाउनको लागि आजै बाट दुइ महिनाको अबधि तोकिएको छ ।

‘केबीए ग्लोबल जुनी जुनीलाइ अनलाइन कभर संगस कम्पिटिसन २०७५’ सहभागीता जनाउने गीतको लिरिकल भिडियो

सम्बन्धित शीर्षकहरु

दशैँको बेला मोटरसाइकल दुर्घटना हुँदा एकको घटना स्थलमै मृत्यु, एक जना गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइकल......

अख्तियारको हिरासतभरि घुस्याहा कर्मचारी !

असोज ३०, काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले......