ब्रेकिङ न्युज

विबाहपछि पहिलो पटक बल्छीको जोडि मिडियामा (भिडियो)

प्रकाशित मिति: May 15, 2018 6:35 am

काठमाडौँ – चर्चित हाँस्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) हालै विवाह बन्धनमा बानिएका छन् । विगत लामो समयदेखि हाँस्य टेलिसिरियल (मेरी बास्सै) मा काम गर्दै आएका मरिचमान श्रेष्ठ अहिले पनि सोहि टेलिसिरियलमा व्यस्त छन् ।

बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् । विगत ६ बर्ष देखिको लामो प्रेमलाई बिवाहमा बदलेका हुन् ।शुक्रबार काठमाण्डौको म्हेपि मन्दिरमा परम्परा अनुसार बिवाह गरेका हुन् ।

बल्छिले आजभन्दा ६ बर्ष अघि सिताराम कट्टेलसँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको बताए । ‘कार्यक्रमको सिलसिलामा धुर्मुस दाईसँग लमजुङ जाँदा करुणसँग परिचय भयो, पछि कुराकानी हुँदै जाँदा मायाप्रेममा परियो’, बल्छिले भने । करुणाले मनमिल्ने मान्छे पाएकोमा निकै खुसी भएको बताउँछिन् ।

फेवाटाम्सका लागि नवराज भण्डारीसँगको रमाइलो कुराकानीमा मरिचमान श्रेष्ठ भन्छन् “हाम्रो लभ बच्चै देखि परेको हो” ।

सम्बन्धित शीर्षकहरु

आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

कात्तिक १, भद्रपुर - भद्रपुर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने......

प्रधानमन्त्री ओलीद्वारा विमोचन

कात्तिक १, भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा नेपाल रेडक्रस सोसाइटी, झापाले प्रकाशन गरेको......