‘एउटा यस्तो प्रेम कहानी’को टीजर सार्वजनिक

प्रकाशित मिति: May 15, 2018 6:24 pm

काठमाडौँ – चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को अफिसियल टीजर सार्वजनिक भएको छ । मंगलवार राजधानीको क्यूज सिनेमा हलमा एक कार्यक्रमका बीच अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस फिल्मको एक्सन प्याक्ड टीजर सार्वजनिक गरिएको हो ।

‘एउटा यस्तो प्रेम कहानी’ मा नरेन खड्का, बिष्णु चेम्जोंग, रेखा फागो, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुव कोइरालालगायतका कलाकारहरुको पनि अभिनय छ । “मन्दिरा” निर्देशक दिपेश सापकोटा यस फिल्मका निर्देशक हुन् । “बागमती” निर्माता द्वय यशोदा राई र दिनेश दर्शनधारीले शिवसँग मिलेर यस फिल्मको निर्माण गर्दैछन् । यसको कथा शिव आफैंले लेखेका हुन् । सुशन प्रजापतिले यो फिल्म खिचिरहेका छन् ।

टीजर हेर्नुस् :

सम्बन्धित शीर्षकहरु

काभ्रेमा टिपरको ठक्करबाट घटनास्थलमै तीनको मृत्यु

जेठ ९, भक्तपुर – काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको......

बोक्सीको आरोपमा जनप्रतिनिधिबाटै कुटिइन गीता

जेठ ९, रौतहट – रौतहटमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन्। गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका......

Displaying hari-om.gif