दलजित सुदान फेसन रनवे २०१८ हुने

प्रकाशित मिति: May 15, 2018 8:09 pm

काठमाडौँ – दलजित सुदान फेसन रनवे २०१८ हुने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यस कार्यक्रमको विषयमा जानकारी गराईएको छ ।

यस फेसन रनवे २०१८ मा नेपालका टप मोडलहरुले क्याटवाक गर्ने भएका छन् ।

सोल्टी क्राउन प्लाजाको रोज गार्डेन थिएटरमा हुने यस कार्यक्रममा मोडलहरु नग्मा श्रेष्ठ, आश्था पोख्रेल,सविता कार्की,सुस्मिता थापा, बिबेक खड्का लगायत २४ जना मोडलहरुले प्रस्तुती दिने भएका छन् ।

कार्यक्रमका आयोजक रबि धमलाका अनुसार यो फेसन शो पछि नेपाली फेसन जगतले निकै छलाङ्ग मार्ने छ ।

१६ महिला र ८ पुरुष एक साथ स्टेजमा उत्रने यस फेसन शो मा दलजित सुदानले तयार परेका बिभिन्न किसिमका पोशाकहरु प्रयोग गरिने छ ।

यस शो को लागी नेपालमा पहिलो पकट सबै भन्दा लामो १९२ फिट लामो रनवे तयार गरिने पनि आयोजकले संस्थाले बताएको छ ।

कार्यक्रम आगामी जेठ ११ गते साँझ ६ बजेबाट सुरु भएर ३ घण्टा सम्म चल्ने छ ।

सम्बन्धित शीर्षकहरु

दशैँको बेला मोटरसाइकल दुर्घटना हुँदा एकको घटना स्थलमै मृत्यु, एक जना गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइकल......

अख्तियारको हिरासतभरि घुस्याहा कर्मचारी !

असोज ३०, काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले......