सलिनमानको “यात्रा” सुरु

प्रकाशित मिति: May 15, 2018 10:43 pm

काठमाडौँ – सलिनमान बनियाँको प्रमुख भूमिका रहने फिल्म “यात्रा : अ म्युजिकल भ्लग” को छायांकन सुरु भएको छ । मंगलवार राजधानीको कमलादीमा रहेको गणेस्थानमा पुजाआजा गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो ।

सुटिङको पहिलो दिन गणेस्थान र गहनापोखरी वरिपरि फिल्मको छायांकन गरिएको छ । यसमा सलिनका अलावा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाललगायतको अभिनय रहनेछ । यही फिल्ममार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराई, सुशील पोखरेल, मुक्ति तिमल्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । सम्राट शाक्यले यस फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन । फिल्ममा कथापनि सम्राटकै रहेको छ ।

फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । यसलाई संजय लामाले खिच्नेछन् ।

सम्बन्धित शीर्षकहरु

संसद्को अर्को बैठक भोलि बिहान १० बजे

जेठ ९, काठमाडौँ – संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ......

काभ्रेमा टिपरको ठक्करबाट घटनास्थलमै तीनको मृत्यु

जेठ ९, भक्तपुर – काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको......

Displaying hari-om.gif