कंगोमा इबोला देखियो, नेपालमा सतर्कता

प्रकाशित मिति: May 16, 2018 8:11 am

काठमाडौँ – पश्चिम अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको संक्रमण देखिएपछि नेपालमा सतर्कता अपनाइएको समाचार नयाँ पत्रिकामा छ ।

शान्ति स्थापनार्थ नेपाली सेना खटिएको कंगोमा इबोला संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सतर्क गराएको हो ।

समाचार अनुसार कंगोमा नेपाली सेनाबाहेक पछिल्लो समय गैरसरकारी संस्थामा काम गर्न जानेहरुको समेत आवतजावत बढेकाले सतर्कता अपनाउन महाशाखाले निर्देशन दिएको छ ।

सम्बन्धित शीर्षकहरु

आयोजना पार्टीकरण गरियो : काङ्ग्रेस नेता महत

नारायणपुर, ३ माघ – नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन......

बस दुर्घटना अपडेट : सातको मृत्यु, ३१ घाइते, हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

गलकोट, ३ माघ – म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा......