‘मट्टिमाला’को फष्टलुक सार्वजनिक

प्रकाशित मिति: May 16, 2018 9:40 am

चलचित्र ‘मट्टिमाला’ को फष्टलुक सार्वजनिक भएको छ । बुद्धी तामाङ (हैट) र रजनी गुरुङ (मङ्गली) को मुख्य भूमिका रहेको यो चलचित्र यहि जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’का चर्चित जोडीको रुपमा चिनिएका यी दुई कलाकार पहिलो पटक ठुलो पर्दामा देखिन लागेका हुन् । चलचित्रमा यी दुईको साथमा टोनी जाका नामले परिचित चिरन राई, पृथ्वि राई लगायतको अभिनय छ । चलचित्र टेक पौरखीले लेखन तथा निर्देशन गरेका हुन् भने निर्माताको रुपमा पृथ्वि रहेका छन् ।

चलचित्रमा क्यामेरा राहुल राई, सम्पादन अनिल कुमार महर्जन, संगीत सुमन राईको रहेको छ ।

सम्बन्धित शीर्षकहरु

संसद्को अर्को बैठक भोलि बिहान १० बजे

जेठ ९, काठमाडौँ – संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ......

काभ्रेमा टिपरको ठक्करबाट घटनास्थलमै तीनको मृत्यु

जेठ ९, भक्तपुर – काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको......

Displaying hari-om.gif