प्रेमीका “रोजी” को हत्या आरोपमा प्रदिप अदालतमा…(भिडियो)

प्रकाशित मिति: May 16, 2018 8:22 pm

काठमाडौँ – प्रदिप खड्काको अभिनय रहेको चलचित्र ‘रोजी’ को शुभ मुहर्त गरिएको छ । नेपाल चलचित्र बिकास कम्पनि बालाजुमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको शुभ मुहर्त सम्पन्न गरिएको हो । बुधबार बाट नै चलचित्रको छायांकन आरम्भ भएको छ । चलचित्रलाई गोपिकृष्ण मुभिजले निर्माण गर्दैछ । निरक पौडेलले निर्देशन गर्ने चलचित्रमा प्रदिप खड्का,मिरुना मगर,परमिता राणा,कर्मा शाक्यको मुख्य भूमिका रहेको छ ।

लामो समयदेखि जेल जीवन काटिरहेका कारण पनि प्रदिप खड्काको आँखा वरिपरी रिंकल बसेको थियो । लामो कपालमा उनलाई चिन्न मुश्किल पथ्र्यो ।
‘रोजी’को शुभसाइत समारोहमा प्रदिपको यस्तो अवतार देखिएको हो । चलचित्रको शुभसाइत समारोहमा नायक प्रदिप खड्कालाई प्रेमिका रोजी राणाको हत्याको आरोप लागेपछि अदालत परिसरमा उभ्याइएको दृश्य खिचिएको थियो । प्रदिपले मुहुर्तमा संवाद बोल्दै भने–‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ ।’ नायक प्रदिप खड्काले यो चलचित्रको क्यारेक्टरका लागि कपाल बनाएको र नक्कली दाह्री जुँगा राखेको बताए ।

सम्बन्धित शीर्षकहरु

संसद्को अर्को बैठक भोलि बिहान १० बजे

जेठ ९, काठमाडौँ – संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ......

काभ्रेमा टिपरको ठक्करबाट घटनास्थलमै तीनको मृत्यु

जेठ ९, भक्तपुर – काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको......

Displaying hari-om.gif