नक्कली नोट सहित निर्माता पक्राउ

प्रकाशित मिति: May 16, 2018 9:17 pm

जेठ २, काठमाडौँ – चलचित्र लुटका निर्माता माधव वाग्ले सहित ६ जनालाई नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको छ। उनिहरुबाटअत्याधुनिक प्रेसमा छापिएका एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार २ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ। सक्कली जस्तै देखिने नोटहरु प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बरामद गरेको हो। काठमाडौं प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा छापा हानी नोट बरामद गरेको हो। श्रोतका अनुसार उक्त नक्कली पैसा चलचित्र निर्माता माधब वाग्लेको हो र उनी प्रहरी फन्दामा परिसकेका छन्। प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।वाग्ले सहित छ जना प्रहरी नियन्त्रणमा छन्।वाग्ले लुट चलचित्रका निर्माता हुन्।

कसरी ठुलो मात्रा नक्कली नोट छापियो भन्ने सन्र्दशमा छानबिन भइरहेको काठमाडौं परिसरका एसपी रामदत्त जोशीले बताए।

पक्राउ पर्नेमा फिल्म निर्माता माधवराज वाग्ले, छापाखानाका सञ्चालकहरु प्रकाश सुवेदी र विकेश नापित तथा सुर्खेत घर भई कमलपोखरी बस्ने २४ वर्षीय महेन्द्र बोगटी, सिन्धुली घर भई ललितपुरको लुभू बस्ने २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङ रहेका प्रहरीले जनाएको छ।

बुधबार काठमाडौंको चारढुंगेमा रहेको प्रिन्सेस मुभिज प्रालिका सञ्चालक वाग्लेको कोठामा खानतलाली गर्दा एक हजार दरका नेपाली नक्कली नोट दुई करोड ५२ लाख बरामद भएको थियो। वाग्ले ‘लुट’ र ‘चंगाचेट’ फिल्मका निर्माता हुन्। उनीसँगै बागबजारस्थित नवज्योति प्रिन्टिङ प्रेसका सञ्चालक ३६ वर्षीय प्रकाश सुवेदी र जय भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक भक्तपुर ८ निवासी ३९ वर्षीय विकेश नापितलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले फिल्मको सुटिङका लागि नक्कली नोट छापेको बताएका छन्। नोटमा नक्कली भनेर लेखिएको छ। सुवेदीले नक्कली नोट छाप्न नापितको छापाखानालाई दिएपछि नोटहरु छापिएको प्रहरीले जनाएको छ।

यसअघि मंगलबार प्रहरीले नक्कली नोटसहित तीन युवालाई पक्राउ गरेको थियो। बोगटीबाट एक लाख २० हजार तथा सुजित र साजनको कोठाबाट ७ लाख ४३ हजार नक्कली नोट बरामद भएको जनाइएको छ।

मित्रनगरको एक खाजाघरमा बोगटीले खाजा खाएर पैसा तिर्दा दिएको नोट नक्कली भएको आशंकामा खाजाघर सञ्चालकले खबर गरेपछि महानगर प्रहरी प्रभाग गोंगबुबाट गएको टोलीले उनीसँग सोधपुछ र खानतलासी गरेको थियो।

बोगटीले नै दिएको सूचनाका आधारमा सुजित र साजन तामाङको कोठाबाट नक्कली नोट बरामद भएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नक्कली नोट छाप्नेलाई बिगो बमोजिम जरिवाना गरी दस वर्ष कैद गर्नुपर्ने प्रावधान छ।

सम्बन्धित शीर्षकहरु

दशैँको बेला मोटरसाइकल दुर्घटना हुँदा एकको घटना स्थलमै मृत्यु, एक जना गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइकल......

अख्तियारको हिरासतभरि घुस्याहा कर्मचारी !

असोज ३०, काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले......