ब्रेकिङ न्युज

पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी पक्राउ

प्रकाशित मिति: May 29, 2018 2:34 pm

जेठ १५, काठमाडौं – पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी पक्राउ परेका छन ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार बिहान केसी सहित गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठ सहित ६ जनालार्इ पक्राउ गरेको हो ।

इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा उनिहरू पक्राउ परेको प्रहरीले बताएको छ । उनीहरुले अन्तर्राष्ट्रिय गिरोहको सहयोगमा करोडौंको बाजी लगाएको प्रहरीको भनाइ छ ।

यसअघि म्याच फिक्सिङको आरोपमा केसीसहित ५ जना २०७२ कात्तिकमा पक्राउ परेका थिए । सबै जना धरौटीमा छुटेपनि मुद्दा टुंगिएको छैन । केसीविरुद्ध विशेष अदालतमा नेपाली फुटबलको म्याच फिक्सिङ मुद्दा विचाराधीन छ ।

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी, हरेक साता सञ्चार भेटघाट गरिने

कात्तिक २६, काठमाडौँ – प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा......

काङ्ग्रेसका नेता उप्रेतीको ८४ वर्षको उमेरमा निधन

कात्तिक २६, काठमाडौँ – नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद......