ब्रेकिङ न्युज

मलेसियामा गर्भपतन गराएकी थापालाई १० बर्षको जेल सजाय

प्रकाशित मिति: May 30, 2018 4:11 pm

क्वालालम्पुर – रोजगारीको सिलसिलामा मलेसिया पुगेकी नेपाली चेली निर्मला थापालाई १० बर्षको जेल सजाय सुनाएको छ ।उनले गर्भपतन गराएको कारण स्थानीय अदालतका न्यायाधिश मुसिरी पीटले १० बर्षका लागि जेल सजाय सुनाएका हुन् ।

तामान सिकुस्थित एक पोलक्लिनिकमा असावधानीवश रहेको गर्भको बच्चा मारेको अभियोगमा २० दिन अघि उनी पक्राउ परेकी थिइन् ।

२४ बर्षीया थापाालाई अक्टोबर ९ तारिखका दिन गर्भपतन गराएको अवस्थामा रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउपछि मुद्दा दायर गरिएकोमा सोमबार यसको फैसला भएको थियो । तर, मलेसियन भाषामा लेखिएको सजाय आफूले ढिलो गरी बुझेको थापाले बताएकी छिन् । उनलाई अदालतले १२ नोभेम्बरमा दोभासेसहित निर्णय पुनर्विचारका लागि मौका दिएका मलेसियाका संचारमाध्यमहरुले जनाएका छन् । मलेसियामा भर्खर जन्मिएको बच्चा वा जन्माउनुअघिको बच्चा मारेमा १० बर्षसम्म कैद सजायको कानुनी प्रावधान छ ।

थापा मलेसियाको पेनाङस्थित एक फ्याक्ट्रीमा कार्यरत छिन् । तर, उनको गर्भ कस्को हो भन्ने नखुलेको प्रहरीले बताएको छ । मलेसियामा अवैध सम्बन्धका कारण हजारौं आप्रवासी महिलाहरुले यस्ता झमेला झेल्दै आएका छन्  ,  वासी महिलाहरुले यस्ता झमेला झेल्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif