ब्रेकिङ न्युज

पढ्दै गरेका विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द

प्रकाशित मिति: June 1, 2018 1:21 pm

जेठ १८, रुकुम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि बन्द गरिएको हो ।

केही दिनदेखि यहाँका ४० जना विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दले जानकारी दिए । उनले अन्य विद्यार्थीसमेत बिरामी पर्ने डरले विद्यालय बन्द गरेको बताए ।

उनका अनुसार पढ्दै गरेका विद्यार्थी एक्कासि मुर्छा पर्ने, ब्युँझिएपछि विद्यार्थीको टाउको र हातखुट्टा दुख्ने, रिङ्गटा लाग्ने र रुनेजस्ता लक्षण देखिने गरेको छ ।

गत मंगलबार र बुधबारमात्रै मुर्छामा परेका करीब २० जना विद्यार्थीको उपचार भएको विद्यालयले जनाएको छ । स्वास्थ्य चौकी पीपलका अहेब खगेन्द्र शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरिरहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif