ब्रेकिङ न्युज

सर्वोच्चको आदेशविपरीत बीपी राजमार्गमा यातायात सञ्चालन

प्रकाशित मिति: June 7, 2018 6:42 am

जेठ २४, काठमाडौं – सर्वोच्चको अन्तरिम आदेशलाई अवज्ञा गर्दै स्थानीय प्रशासनले निर्वाधरुपमा बढी भारवहन क्षमताका मालवाहक तथा यात्रुवाहक सवारी साधनलाई मिलेमतोमा सञ्चालन गर्न दिएको छ ।

बीपी राजमार्गमा बढी भरवहन भएका सवारी साधनलाई रोक लगाउन परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले जेठ २० गते अन्तरिम आदेश जारी गर्दै बढी भरवहन क्षमताका ठूला सवारीलाई रोक लगाएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत जेठ १३ मा बीपी राजमार्गमा ठूला सवारी साधन समेत चल्न पाउने निर्णय गरेका थिए । त्यसविरुद्ध अधिवक्ता कैलाश दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

यातायात व्यवस्था विभागले बीपी राजमार्गमा बढी भारवहन क्षमता भएका सवारी साधनलाई चल्न दिने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको आदेशअनुसार सूचना नै प्रकाशन गरेर मापदण्ड तोकी बढी भारवहन क्षमता भएका सवारी साधनलाई चल्न दिने यातायात व्यवस्था विभागले निर्णय गरेकामा कानुनविपरीत भएको भन्दै रिट परेको हो । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधन ह्लिवेस चार हजार दुइसय २५ एमएमको चालकसहित ३२ सिट भएको विहान ५ देखि बेलुका ८ बजेसम्म चल्न दिने नयाँ निर्णय गरेको थियो ।

यातायात व्यवस्था विभागले मालबाहक सवारी साधनमा समेत ६ टन भारवहन क्षमता वृद्धि गरी चल्न दिने निर्णय गरेको छ । मालवाहक सवारी जिभिडव्लु ९कुल वजन० १६२०० किलो ९१६।२ टन० ह्लिवेस चार हजार दुइसय २५ एमएमसम्मका सवारी साधन प्रति एक्सल भार १०।२ टन नबढ्ने गरी राति ९ देखि बिहान ५ बजेसम्मका लागि अनुमति दिएको थियो ।
अन्तरिम आदेश भएको चार दिन बित्दा समेत स्थानीय प्रशासनले जानकारी नभएको भन्दै निर्वाध बढी भारवहन क्षमता भएका सवारी साधन सञ्चालन गर्न दिएको छ । आधिकारिक पत्र प्राप्त नभएकाले बढी भारवहन क्षमताका सवारी साधनलाई रोक नलगाइको कामु प्रजिअ ज्ञानप्रसाद ढकालले बताए ।

सुनकोसी नदी आसपासमा खोलिएका क्रसर नेताको भएकाले उनलाइ दवाव भएको जानकारी प्राप्त भएको छ । बुधबार निर्वाध बढी भारवहन भएका सवारी साधन दिउँसो र राति सञ्चालनमा छन् । व्यवसायीका अनुसार प्रतिसवारी साधन एक हजार पाँच सयदेखि दुइ हजार पाँच सयसम्म लिने गरिएको छ । स्रोतका अनुसार दिउँसो र राति गरी बढी भारवहन क्षमताका दुई हजार सवारी साधन बीपी राजमार्गमा चल्ने गरेका छन् । यो समाचार तयार गर्दासम्म बढी भारवहन क्षमता भएका सयौं सवारी साधन राजमार्गमा निर्वाध सञ्चालन भइरहेका छन् ।

प्रजिअको आदेश अनुसार सवारी साधन सञ्चालनमा रोक नलगाएको प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए ।

स्थानीय दीपक मिश्रका अनुसार प्रशासनले अन्तरिम आदेशको पत्र लुकाएर रकम असुल गरि राजमार्गलाइ तहस नहस बनाउन खोजेको छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif