तराई–मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) मा सरकारले विश्व बैंकको ऋण

प्रकाशित मिति: June 7, 2018 6:54 am

जेठ २४, काठमाडौँ – स्वदेशी लगानीमै बनाउने भन्दै सुरु गरिएको तराई–मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) मा सरकारले विश्व बैंकको ऋण प्रयोग गर्ने भएको छ । ७६.२ किमि लामो फास्ट ट्रयाक बनाउन आन्तरिक स्रोतको अभाव हुनुका साथै आगामी वर्षबाट निर्माणका लागि उल्लेख्य बजेट आवश्यक पर्ने भएपछि सरकारले विश्व बैंकको ऋण लिन लागेको हो ।

आगामी वर्ष ९ अर्ब ७५ करोड रुपैयाँ ऋण रकम प्रयोग गरिनेछ ।

‘विश्व बैंककै चासोअनुसारका क्षेत्रमा सरकारले सुधारका काम गरेपछि वार्षिक निश्चित रकम सर्तरहित ऋणका रूपमा प्राप्त हुनेछ,’ अर्थका एक अधिकारीले भने, ‘त्यस्तो रकम यो वर्षका लागि करिब ४० अर्ब रुपैयाँ दिने भनिएको छ ।’ आगामी वर्ष प्राप्त हुने रकमको केही अंश फास्ट ट्रयाकमा प्रयोग गरिने बजेट निर्माणमा संलग्न ती अधिकारीले पुष्टि गरे । ‘यो ऋण रकम समग्रमा सरकारले सम्झौता गरेर खर्च गर्ने हो,’ उनले भने, ‘फास्ट ट्रयाकमा खर्च गर्दा छुट्टै सम्झौता गर्नुपर्दैन ।’

कार्यतालिकाअनुसार विश्व बैंकलाई साँवा र ब्याज भने भुक्तानी गर्नुपर्ने छ । ब्याज रकम एक प्रतिशतभन्दा कम रहेको छ ।

बजेटमा उल्लेख भएअनुसार आगामी वर्षका लागि १५ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ विनियोजन भएको छ । यसमध्ये ६३।३२ प्रतिशत ऋण र बाँकी सरकारी स्रोत प्रयोग गरिनेछ । सरकारले २०७६र७७ मा २५ अर्ब रुपैयाँ फास्ट ट्रयाकमा विनियोजन गर्नेछ । यसमध्ये १५ अर्ब ८३ करोड रुपैयाँ ऋण हुनेछ । यसैगरी २०७७र७८ मा ३० अर्ब रुपैयाँ विनियोजन गर्ने र १८ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ ऋण प्रयोग गर्ने सरकारको तयारी छ ।

तीन वर्षमा ४४ अर्ब ५७ करोड ६२ लाख रुपैयाँ ऋणको रकम प्रयोग हुनेछ । फास्ट ट्रयाकको निर्माणमा करिब एक खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले फास्ट ट्रयाक स्वदेशी पुँजीमा बनाउने निर्णय गर्दै १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसपछिको पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ वैशाख २१ गते फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । हाल २३ ठेकेदार कम्पनी र सेना आफैंले सडक निर्माण पूर्वतयारीका कामहरू (फिलिङ र कटिङ) गरिरहेको छ ।

सेनाले ५ ठाउँमा स्थायी र ५ ठाउँमा अस्थायी क्याम्प बनाएर काम गरिरहेको छ । फास्ट ट्रयाक नेपालका लागि २० वर्षअघिदेखि चर्चा सुरु भई बहुप्रतीक्षित आयोजना हो । अघिल्लो व्यवस्थापिका संसदको अर्थ र विकास समितिले पटक–पटक फास्ट ट्रयाक स्वदेशी पुँजीमै निर्माण गर्न सरकारलाई निर्देशन दिएको थियो । उक्त निर्देशनसमेतलाई आधार बनाउँदै सरकारले स्वदेशी पुँजीमा निर्माण गर्ने भन्दै विदेशी कम्पनीहरूसँगको सम्झौता खारेज गरेको थियो । गत वर्षबाट सेनाको व्यवस्थापकीय भूमिका र सरकारी निकायहरूको अनुगमनमा निर्माण सुरु भएको हो । सेनाले निर्माणको जिम्मा पाएको ४ वर्षमा आयोजना सम्पन्न गरिसक्नुपर्नेछ ।

एसियाली विकास बैंक ९एडीबी० ले सन् २००८ मा फास्ट ट्रयाकबारे अध्ययन गरेको थियो । उक्त अध्ययनले उपत्यकाबाट तराई जोड्ने सबैभन्दा उत्तम बाटो काठमाडौं–निजगढलाई लिएपछि नेपाली सेनाले नै ट्रयाक खोल्ने काम गर्‍यो । उपत्यकाको ललितपुरस्थित खोकनाबाट यो आयोजनाको ट्रयाक सुरु हुन्छ । त्यहाँबाट करिब २१ किलोमिटर वागमतीको किनारैकिनार निर्माण हुनेछ । त्यसपछि झन्डै २ किलोमिटर सुरुङ बनाइनेछ । सुरुङ पार भएपछि बकैया खोलाको किनार हँुदै निजगढ पुगेर महेन्द्र राजमार्गमा जोडिनेछ । एडीबीले तयार पारेको अध्ययनअनुसार उक्त मार्ग भएर यात्रा गर्दा डेढदेखि २ घण्टामा काठमाडौंबाट निजगढ पुग्न सकिने अनुमान गरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

सम्बन्धित शीर्षकहरु

दशैँको बेला मोटरसाइकल दुर्घटना हुँदा एकको घटना स्थलमै मृत्यु, एक जना गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइकल......

अख्तियारको हिरासतभरि घुस्याहा कर्मचारी !

असोज ३०, काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले......