ब्रेकिङ न्युज

एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलमा हाडजोर्नीको सफल शल्यक्रिया

प्रकाशित मिति: June 7, 2018 5:01 pm

जेठ २४, दमक –दमकस्थित दमकको एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ ।

हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करीब पाँच घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गत जेठ १८ गते मोटरसाइकल दुर्घटनामा परेर दाहिने खुट्टा भाँचिएका झापा, कमल गाउँपालिका–५ का प्रकाश गुरुङको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि गुरुङ अस्पतालको जनरल शय्यामा उपचाररत हुनुहुन्छ । गुरुङलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

गुरुङको शल्यक्रिया हाडजोर्नी रोग तथा नशा रोग विशेषज्ञ अनुप पोखरेलसहितको चिकित्सक टोलीले गरेका अस्पतालले जनाएको छ ।

अस्पतालले हालैमात्र हाडजोर्नी, नशारोगसम्बन्धीको समेत विशेषज्ञ सेवा उपलब्ध गराएपछि जटिल किसिमका जटिल शल्यक्रिया शुरु गरिएको अस्पतालका अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिए । भारतको एपोलो अस्पतालबाट विशेषज्ञता हासिल गरी डा पोखरेल हालैमात्र दमकको एड्भान्स अस्पतालमा आबद्धता भएका थिए ।

विसं २०७१मा स्थापित सो अस्पतालले हाडजोर्नीअघि अन्य चिरफारसम्बन्धी शल्यक्रिया गरिआएको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif