ब्रेकिङ न्युज

आफैँले चलाएको स्कारपियो बसमा ठोक्किँदा प्रहरी निरीक्षक खनालको मृत्यु

प्रकाशित मिति: June 8, 2018 1:13 pm

जेठ २५, रुपन्देही – पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको शुक्रबार निधन भएको छ ।

यही जेठ २० गते बुटवलमा भएको दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार हुँदाहुँदै निधन भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको थियो । आफैँले चलाएको स्कारपियो गाडी बसमा ठोक्किँएर दुर्घटना भएको थियो ।

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif