डा. उपेन्द्र देवकोटाकी श्रीमतीले भनिन् ‘उहाँ हामीसँगै हुनुहुन्छ, राति जे जस्तो हल्ला फैलियो त्यो सत्य होइन’

प्रकाशित मिति: June 9, 2018 12:20 pm

जेठ २६ , काठमाडौं । क्यान्सरबाट पीडित उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिर रहेको उनकी श्रीमती मधुले बताएकी छन् । गएराति अचानक उनीबारे अप्रिय हल्ला फैलिएको थियो ।

तर, डा. देवकोटाकी श्रीमती मधुले भनिन्, ‘उहाँ हामीसँगै हुनुहुन्छ । राति जे जस्तो हल्ला फैलियो त्यो सत्य होइन ।’

पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको काठमाडौंको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देवकोटाका अनुसार डा. उपेन्द्रलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । तर डा. देवकोटालाई अहिले पनि आईसीयुमै राखिएको ।

उनलाई बेलाबेलामा रोगले च्याप्ने र बेलाबेलामा सुधार भएको जस्तो देखिने गरेको छ । तर, शुक्रबार बेलुकीदेखि उनीबारे अप्रिय कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि परिवार पीडामा छ ।

पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटा बेलायतमा उपचार गर्न गएका थिए । क्यान्सर पुष्टि भएपछि नेपालमै उपचार गर्ने इच्छा व्यक्त गर्दै गत वैशाखमा उनी नेपाल फर्किएका थिए ।

सम्बन्धित शीर्षकहरु

दशैँको बेला मोटरसाइकल दुर्घटना हुँदा एकको घटना स्थलमै मृत्यु, एक जना गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइकल......

अख्तियारको हिरासतभरि घुस्याहा कर्मचारी !

असोज ३०, काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले......