ब्रेकिङ न्युज

विश्वकपको तयारीमा रहेको अर्जेन्टिनालाई लाग्यो ठुलो झड्का

प्रकाशित मिति: June 9, 2018 12:14 pm

काठमाडौं । विश्वकप फूटबल प्रतियोगिताको तयारीमा रहेको अर्जेन्टिनालाई अर्को झड्का लागेको छ । पहिलो रोजाइका गोलकिपर सर्जियो रोमेरो घाइते भएर टीमबाट बाहिरिएको दुई सातानबित्दै अट्याकिङ मिडफिल्डर म्यानुएल लाञ्जिनी टीमबाट बाहिरिएका छन् ।अभ्यासका क्रममा शुक्रबार लाञ्जिनीको घुँडामा गम्भीर चोट लागेको बताइएको छ । अर्जेन्टाइन टोली अभ्यासका क्रममा बार्सिलोनामा छ ।

शुक्रबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा उरुग्वेले उजबेकिस्तानलाई ३–० गोलले पराजित गरेको छ । उरुग्वेका लागि खेलको ३२ औ मिनेटमा आरास्काइटाले गोल गरे ।

खेलको ५४ औ मिनेटमा लुइज स्वारेजले गोल गरे । दुई गोलले अग्रता बनाएको उरुग्वेका लागि खेलको ७३ औ मिनेटमा होसे गिमिनेजले गोल गरे । यो जितसँगै उरुग्वेले विश्वकपमा लागि बलियो तयारी गरेको बताएको छ ।

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी, हरेक साता सञ्चार भेटघाट गरिने

कात्तिक २६, काठमाडौँ – प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा......

काङ्ग्रेसका नेता उप्रेतीको ८४ वर्षको उमेरमा निधन

कात्तिक २६, काठमाडौँ – नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद......