ब्रेकिङ न्युज

वीराङ्गनाका दोस्रो गीत सार्वजनिक

प्रकाशित मिति: June 9, 2018 7:54 pm

काठमाडौं । असार २९ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र वीराङ्गनाको दोस्रो गीत राजधानीमा एक कार्यक्रम का बीच सार्वजनिक गरिएको छ ।

गीतमा नायिका शिल्पा पोखरेल र नायक पृथ्वी राज प्रसाईंलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । दिपक शर्माको संगीत र रघु परियारको शब्द रहेको तिम्रो हाम्रो मायामा बियर परेछ बोलको गीतमा कृष्ण काफ्ले र रेश्मा पुनको स्वर रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतलाई रामेश्वर कार्कीले खिचेका हुन् । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । सुमी चामलिङ राई सह निर्माता रहेका छन् । नारी प्रधान एक्शन लभ जनरामा निर्माण गरिएको चलचित्रमा शिल्पा र पृथ्वीका अलावा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ । वीराङ्गनाको यश अघि तिमी पुलिस म नि पुलिस बोलको गीत सार्वजनिक भइसकेको छ ।

फिल्ममा कविराज गहतराजको पनि नृत्य छ । यस्तै श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ । फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् ।

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif