ब्रेकिङ न्युज

“चि मुसी चि”को शिर्ष गीत रिलिज, नम्रता भन्दैछिन् “चि मुसी चि” (भिडियो)

प्रकाशित मिति: June 12, 2018 7:06 pm

काठमाण्डौ। श्रावण ११ गते रिलीज हुने नेपाली चलचित्र “चि मुसी चि” को शिर्ष गीत रिलिज गरिएको छ । मंगलवार यूट्युब मार्फत उक्त गीत रिलीज गरिएको हो ।

सन्तोष पोखरेलका शब्द र करणराज कार्की संगीत रहेको गीतमा सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा नायिका नम्रता सापकोटाले आकर्षक नृत्य गरेका छन् । भिडियोमा प्रमूख कलाकारहरु सुनिल क्षेत्री र अलिशा शर्मा साथै अर्का कलाकार शिवराज शर्मा पनि छन् । गीतको कोरियोग्राफर विक्रम स्वाँर हुन् ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

भिडियोः

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif