ब्रेकिङ न्युज

कालोबजारी गरेको आरोपमा बन्द भयो पेट्रोल पम्प !

प्रकाशित मिति: June 12, 2018 7:10 pm

जेठ २९, महेन्द्रनगर – पेट्रोलियम पदार्थमा कालोबजारी गरेको जनाउँदै जनकपुरस्थित तीन पेट्रोल पम्प बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्रीवितरण गरिरहेको आरोपमा जिरो माइलको भी आयल तथा मुजेलियाको बाबा पेट्रोल पम्प र जनकपुर डिजेल सेन्टर बन्द गरिएको छ ।

पेट्रोलियम पदार्थमा कालोबजारी भइरहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सोमबार राति ती पेट्रोल पम्पमा छड्के गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif