अध्यक्ष किम–राष्ट्रपति ट्रम्प वार्ताको स्वागत

प्रकाशित मिति: June 12, 2018 7:18 pm

जेठ २९, काठमाडौँ – सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका अध्यक्ष किमजङ उनबीच मंगलबार सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको छ ।

शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको विश्वास नेपालले गरेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न एक विज्ञप्ति जारी गरेर कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम हुने विश्वास व्यक्त गरेको हो ।

सम्बन्धित शीर्षकहरु

सरिता हत्या प्रकरण : ५ जना पुर्पक्षका लागि थुनामा

जेठ ९, धुलिखेल – काभ्रेको मण्डन देउपुर– ६, सिपाघाटकी सरिता दुलालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका......

संघीयता पंगु बनाउँदै सरकार र संसद !

काठमाडौं – चित्र बहादुर केसी , कमल थापा लगायतका राजनीतिज्ञहरुलाई अहिलेको राज्यव्यवस्था मन परेको छैन ।......