ब्रेकिङ न्युज

‘मेरी मामु’ मा कुसुम गुरुङ आयुव सेनकी ‘मामु’ बन्दै

प्रकाशित मिति: June 13, 2018 10:59 am

काठमाडौँ – आसुसेन फिल्मसको ब्यानरमा बन्ने चौथो चलचित्र ‘मेरी मामु’ मा कुसुम गुरुङ मुख्य भुमिकामा आउने भएकी छिन् । श्रोतका अनुसार लण्डन निवासी कुसुमले आसुसेन ब्यानरबाट चलचित्रमा डेब्यू गर्दैछिन् ।

थिएटर ब्याकगराउण्डकी कुसुमले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् भने सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा अभिनय समेत गरेकी छिन् ।

बाल मनोविज्ञानमा बन्ने चलचित्र मेरी मामुमा निर्माता सन्तोष सेनका ६ वर्षे छोरा आयुव सेन मुख्य भुमिकामा रहने समाचार यस अघि नै भाइरल भैसकेको छ ।

चलचित्रको लागि विगत केही महिना देखि कथा, पटकथा, संवाद र लोकेसनको लागि निर्माण टिमले अध्ययन अनुसन्धानलाई तिब्रता दिएको छ भने अहिले राजनधानीमा दैनिक कार्यशाला पनि चलिरहेको छ ।

यहि अषाढ ३ गतेबाट छायानंकनमा जाने चलचित्र मेरी मामुको टिमको परिचय भने त्यही दिन गरिने निमार्ण पक्षले बताएको छ ।

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif