ब्रेकिङ न्युज

यसरी अस्ताए बरिष्ठ कलाकार भिमबहादुर थापा, आर्यघाटमा जे देखियो (भिडियो)

प्रकाशित मिति: June 13, 2018 4:14 pm

काठमाडौं – बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो ।

निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव शरिरलाई आर्यघाट पुर्याइएको छ । श्रद्धाञ्जली दिनका लागी थुप्रै कलाकारहरुको उपस्थिती देखिन्छ ।
कलाकार थापाले दर्जनौ फिल्म, टेलिफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् । हाँस्य टेलिफिल्म ‘तीतो सत्य’ मा काम गरेपछि उनको लोकप्रियता थप चुलिएको थियो । कलाकार थापा, हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाका ‘धर्म बा’ समेत हुन् । उनी कलाकारितामा प्रवेश गर्नु अगाडि नेपाली सेनामा पनि कार्यरत थिए ।

उनको घरमा देखिएको सम्हाल्नै नसकिने अवस्था भिडियोमा हेर्नुहोस् ।

सम्बन्धित शीर्षकहरु

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif