भारतमा भेटियो डर लाग्दो रोग, २४ घण्टाभित्र ४ जनाको मृत्यु, नेपालमा पनि फैलन सक्ने

प्रकाशित मिति: July 26, 2018 1:43 pm

काठमाडौँ । भारतमा नयाँ डर लाग्दो रोगले २४ घण्टामा चार जनाको मृत्यु भएपछि त्रास फैलिएको छ । उक्त रोगले नेपालसहित छिमेकी मुलुकहरुलाई प्रभावित गर्न सक्ने अनुमानले त्रास फैलिएको छ ।

‘लेप्टोस्पायरोसिस’ नाम गरेको सो रोगका कारण भारतको मुम्बइमा मात्रै २४ घण्टा भित्र ४ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । घरपालुवा जनावरबाट सर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

चिकित्सकहरुका अनुसार कुकुर, बिरालो र मुसाबाट यो रोग चाँडै मानिसमा सर्छ । उक्त रोग सरेको २४ घण्टामा नै मानिसको मृ्त्यु हुने सम्भावना अत्याधिक हुने चिकित्सकले बताएका छन् ।

उनीहरुकाअनुसार ‘लेप्टोस्पायरोसिस’ लागेपछि ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने, शरीरका अंगहरु दुख्ने, आँखा दुख्ने र रातो हुने, थकाइ लाग्ने जस्ता लक्षणहरु देखा पर्छ । भारतमा उक्त रोगको संक्रमण फैलिन थालेपछि नेपालमा पनि उच्च सतर्क अपनाउन थालिएको छ ।

सम्बन्धित शीर्षकहरु

काङ्ग्रेसको कार्यालय भवन निर्माण

मङ्सिर २७, दमक – नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ । दमक–५ स्थित......

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ : उपप्रधानमन्त्री पोखरेल

मङ्सिर २७, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई/मधेश द्रुतमार्ग’को प्रवेशविन्दु......