वायुसेवा निगमले २३ अर्ब खर्चेर किनेको २ वाइडबडी विमानको वारेन्टी नभएको खुलासा !

प्रकाशित मिति: July 27, 2018 10:03 am

काठमाडौं ११ साउन । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्टस्को वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको कारोबार दैनिकले लेखेको छ ।

समाचार अनुसार निगमले हाईफ्लाइ एक्ससँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवैपक्ष मौन बसेको भेटिएिको छ । उक्त विषयले बोर्ड बैठकमा पटकपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा सञ्चालक समिति अध्यक्ष कृष्ण देवकोटाले प्रश्न उठाएका थिए । बोर्ड बैठकमै दुईपटक यससम्बन्धमा निर्णय भए पनि सम्झौता अहिलेसम्म बोर्ड बैठकमा प्रस्तुत नगरिएको निगम स्रोतले जानकारी दिएको छ ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई सम्बोधन नै नगरेर सचिव देवकोटाले पत्रसमेत लेखेको समाचारमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

दशैँको बेला मोटरसाइकल दुर्घटना हुँदा एकको घटना स्थलमै मृत्यु, एक जना गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइकल......

अख्तियारको हिरासतभरि घुस्याहा कर्मचारी !

असोज ३०, काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले......