ब्रेकिङ न्युज

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, ३३ जनाको उद्धार

प्रकाशित मिति: July 27, 2018 2:06 pm

साउन ११, काठमाडौँ – चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–३ स्थित मुग्लिन–मलेखु सडकखण्डअन्तर्गत चुम्लिङटार नजिकैबाट शुक्रबार त्रिशूली नदीमा यात्रुबाहक बस खसेर दुर्घटना भएको छ। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नम्बरको बस बिहान दुर्घटना भएको हो। बसमा ३०–३२ जना यात्रु रहेको अनुमान गरिएको छ।

३३ जनाको उद्धार गरेर अस्पताल लगिँदै गरेको प्रहरीले जानकारी दिएको छ। उद्धार कार्य जारी छ। बस ६०–७० मिटर तल त्रिशूली नदी किनारमा पुगेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। ११ः४५ बजेको समयमा त्रिशूलीमा खसेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आफ्नो ट्रकमा बस ठोकिएर खस्यो भनेर ना५ख ७४०९ नम्बरको ट्रकका चालकले जोगिमारामा पुगेर जानकारी गराएकाले सोही ट्रकसँग बस ठक्कर खाएको अनुमान प्रहरीको छ। तर, यकिन विवरण भने आएको छैन। घटनास्थल मुग्लिनबाट अन्दाजी १५ किलोमिटर काठमाडौंतर्फ पर्छ।

अहिले घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन गरिएको र बस बीचमा नै अड्किएको जानकारीमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीले जानकारी दिए। मुग्लिनको प्रहरी उद्धारमा खटिएको र अन्य क्षेत्रका प्रहरी पुग्न नसकेकाले यकिन विवरणहरु नआइनपुगेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले बताए। घटनास्थलमा जिल्लाबाट समेत प्रहरी टोली पठाइसकिएको उनले बताए।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......