अपडेट : त्रिशुली नदीमा बस खस्दा ७ जनाको मृत्यु

प्रकाशित मिति: July 27, 2018 4:47 pm

साउन ११, चितवन – काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको ना ६ ख २५०६ नम्बरको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला ३ पुरुष र एक बच्चा रहेको बताईएको छ ।ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताएअनुसार बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक सय मिटर तल खसेको हो ।

ना ६ ख २५०६ नम्बरको यात्रुबहाक बस र ना ५ प ७४०९ नम्बरको ट्रक एक आपसमा ठोक्किदा बस खसेको उनले बताए।

हाल यात्रुहरुको उद्धार जारी रहेको छ ।

सम्बन्धित शीर्षकहरु

दशैँको बेला मोटरसाइकल दुर्घटना हुँदा एकको घटना स्थलमै मृत्यु, एक जना गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइकल......

अख्तियारको हिरासतभरि घुस्याहा कर्मचारी !

असोज ३०, काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले......