ओसाकाको अधिबेशन सम्पन्न, अध्यक्षमा शिवु थापा

प्रकाशित मिति: July 28, 2018 11:30 am

जापान – ओसाका जापान जापानमा बाग्लुङ्ग र खासगरी गल्कोटका समुदायहरुको बिभिन्न सहयोगी संघ संस्थाहरु लामो समयदेखि समाज सेवामा लाग्दै आइरहेका छन् । उनीहरुले भुइचालो पीडित देखि लिएर स्कुल, अस्पतालहरुमा महत्वपूर्ण सहयोग गर्दै आएका छन् । बिदेशमा रहेर आफ्नो देशको गाँउ र मातृभूमिका लागि उनीहरुले गरेको योगदान र देश प्रतिको मायाको कदर सबैले गर्नै पर्दछ । जापानमा धेरै सामाजिक संघ संस्था छन । यस मध्य एउटा हो जापानमा क्रियाशील संस्था ‘गल्कोट समाज जापान।’ यो संस्थाले पनि मातृभूमिको लागि लामो समयदेखि धेरै सहयोग गर्दै आएको छ । सोहि सामाजिक संस्था गल्कोट समाज जापान क्षत्रिय समिति कान्साई (ओसाका)को चौथो अधिबेशन सम्पन्न भएको छ।

क्षेत्रका भपु अध्यक्ष सुमीत खत्रीको अध्यक्षता आत्त्माराम गैरेको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो। उक्त अबसरमा गल्कोट समाज जापान केन्द्रका सचिब तेज बहादुर चालिसे,गल्कोट समाज जापानका भपु अध्यक्ष तथा अहिलेका सल्लाहाकार हर्क थापा, सल्लाहाकारहरू जगत् थापा, राम बहादुर चालीसे, आत्माराम गैरे, राजु शर्मा गैरे लगाएतका बिशेष ब्यक्तिहरुको उपस्थिति थियो।

राष्ट्रीय गीत बजाएर उद्घघाटन गरिएको अधिबेशनको पहिलो चरण शिबू थापाको स्वागत मन्तब्यबाट प्रारम्भ भएको थियो।सचिव नर बहादुर थापाले संचालन गरेको अधिबेशनको यो चरणमा हर्क थापा,सुमीत खत्री,जगत् थापा,आत्माराम गैरेले शुभकामना सहित आआफ्ना बिचार समेत राखेका थिए।
सचिव नर बहादुर थापाले तेस्रो कार्यकालमा भएका कार्यहरु प्रस्तुत गरे संगै अध्यक्ष सुमित खत्रीले आफ्नो कार्यकालमा साथ दिने बताउदै सबैमा धन्यवाद दिएका थिए ।

ृनले चौथो कार्कालका लागि समिति चयन गर्ने संयोजकको ज़िम्मा तेज बहादुर चालीसेलाई दिदै तेस्रो कार्यकाल बिघटन भएको घोषणा गरेर औपचारिक चरण समापन भएको थियो।

तेज बहादुर चालीसे संयोजक रहेको निर्वाचन समितिमा निर्विरोध रुपमा शिवु थापा अध्यक्ष चयन भएका छन् । यसैगरी बरिष्ठ उपाध्यक्षमा देबेन्द्र थापा, उपाध्यक्षहरुमा कुलबिर थापा, प्रकाश गैरे सचिबमा प्रेम गैरे सह सचिवमा भीम श्रीस, कोषाध्यक्षमा नवीन शर्मा र सदस्य हरुमा मन बहादुर सलामी,रबीन अधिकारी,भीम काउचा,नारायन भण्डारी,श्याम बुढाथोकी,जीत बूढा,बिपिन सापकोटा,नारायन थापा,जनक बोहोरा चयन भएका छन् , सल्लाहाकार हरूमा जगत् थापा,सुमित खत्री,नर बहादुर थापा,राजु गैरे र दिलीप कंडेल रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

काङ्ग्रेसको कार्यालय भवन निर्माण

मङ्सिर २७, दमक – नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ । दमक–५ स्थित......

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ : उपप्रधानमन्त्री पोखरेल

मङ्सिर २७, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई/मधेश द्रुतमार्ग’को प्रवेशविन्दु......