ब्रेकिङ न्युज

साथिको घरमा होमवर्क गर्न गएकी १३ वर्षीय बालिकाको बलात्कार गरि हत्या, अर्धनङ्ग अवस्थामा भेटियो लास (पुरा पढ्नुहोस्)

प्रकाशित मिति: July 28, 2018 1:09 pm

काठमाडौँ – कञ्चनपुरमा एक बालिकाको फेरि बलात्कारपछि हत्या भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका,२ महुलिया उल्टाखामकी १३ वर्षीय निर्मला पन्तको उखुबारीमा शव भेटिएको हो । बिहीबार दिउँसो साथी रोशनी बमको घरबाट होमवर्क गरेर फर्किरहेकी उनी शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत बालिका पन्त होमवर्क गर्नका लागि भगतपुरस्थित साथीको घर गएकी थिइन् । उनलार्इ निम्बुखेला खोलापारी उखुवारीमा बलात्कारपछि घाँटी च्यापेर हत्या गरेको आशंका गरिएको छ ।

उनको सडक नजिकै खोला किनारमा साइकल, कापी र अम्बा फेला परेपछि स्थानीयले खोला नजिकै रहेको उखुबारीमा शव भेटाएका थिए । साँझसम्म समेत खोजतलास गर्दा नभेटिएपछि रातिको समयमा परिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले राति खोजतलास गर्न नमानेको परिवारको आरोप छ। प्रहरीले शुक्रबार बिहान खोजतलास गर्ने क्रममा एक जना शंकास्पद युवक पक्राउ परेपछि हत्या गरिएको अवस्थामा शव भेटिएको हो।

उखुबारीमा निर्मलाको शव अर्धनङ्ग अवस्थामा फेला परेपछि उनलाई सामुहिक बलात्कार गरेर हत्या गरेको स्थानीयको दाबी गरेका छन् । स्थानीय शिक्षक चुडामणी भट्टले घटनाको प्रकृती हेर्दा सामुहिक रुपमा बलात्कार गरेर हत्या गरेको हुनसक्ने बताए । मृतक निर्मलाका साथी रोशनीले भनिन्, ‘हामीले होमवर्क गरेर, मैले उनलाई अब्बा दिएर घर पठाएको थिए, उनी मृत भएको सुन्दा डर लागिरहेको छ ।’ संलग्न भएको आशंकमा एक युवक पक्राउ परेका छन्, तर प्रहरीले ती युवकको नाम सार्वजनिक गरेको छैन् ।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......