६.४ म्याग्निट्युडको भुकम्प : १० को मृत्यु , ४० घाइते

प्रकाशित मिति: July 29, 2018 11:22 am

एजेन्सी – इन्डोनेसियाको लोम्बक टापुमा आइतवार भूकम्प जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ।

मानिसहरू सुतिरहेका बेला सखारै ६ दशमलव ४ म्याग्निट्युडको भूकम्प गएको हो।

कम्तीमा ४० जना घाइते भएको विवरण प्राप्त भएको छ।

भूकम्पका कारण कैयौँ घरहरू ढलेको अथवा अरू क्षति पुगेको बताइएको छ।

घरहरू भत्किन थालेपछि मानिसहरू सडकमा निस्किएका थिए। भूकम्पपछि कैयौँ परकम्पहरू गएका छन्।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......